आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस महाधिवेशन : प्रदेश २ मा निधिलाई अप्ठेरो, ठुलो धक्का लाग्ने संकेत !

कांग्रेस महाधिवेशन : प्रदेश २ मा निधिलाई अप्ठेरो, ठुलो धक्का लाग्ने संकेत !

  • मिडिया डबली
  • आइतवार, भाद्र १३ २०७८

  • 6.9K
    SHARES

  • कांग्रेस महाधिवेशन : प्रदेश २ मा निधिलाई अप्ठेरो, ठुलो धक्का लाग्ने संकेत !

    जनकपुरधाम - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको समय नजिकिँदै जाँदा प्रदेशमा कांग्रेसको सरगर्मी बढेको छ । कांग्रेसको महाधिवेशन घोषणा भएपछि वडादेखि केन्द्रीय नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ ।

    कांग्रेसमा सर्वसम्मतिबाट वडामा समेत सभापतिको चयन हुनु अपवाद नै मानिन्छ । तर सबैभन्दा बढी ध्यान अहिले प्रदेश सभापतिमा केन्द्रीत देखिन्छ । पहिलोपटक कांग्रेसमा प्रदेश सभापति र समितिको निर्वाचन हुनलागेको छ । कांग्रेसमा हालसम्म प्रदेशस्तरीय समिति बनेको छैन । तर विधानमा प्रदेश समितिको व्यवस्था रहेको छ ।

    देशमा अन्य निकायहरुमा संघीयताको अभ्यास हुने क्रममा प्रादेशिक संरचना निर्माण भए पनि सबैभन्दा ठूलो लोकतान्त्रिक दल कांग्रेसमा त्यो संरचना बनिसकेको छैन । कांग्रेसको विधानअनुसार लगातार दुई कार्यकाल जिल्ला सभापति रहेका व्यक्ति तेस्रोपटक सभापतिमा उम्मेदवारी दिन नमिल्ने भएकाले प्रदेश २ मा सभापतिका उम्मेदवारको संख्या बढी देखिएको छ ।

    प्रदेश सभापतिमा कांग्रेस प्रदेश २ संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, सप्तरी जिल्ला सभापति दिनेश यादव, महोत्तरी जिल्ला सभापति महेन्द्रकुमार यादव र रौतहटका सभापति कृष्णा यादव उम्मेदवारी दिने तयारीमा छन् ।

    प्रदेश सभापतिका लागि दोस्रो पुस्ताका नेताहरु उम्मेदवारीको तयारीमा रहे पनि जिल्लामा भने युवा नेताहरु सभापतिका लागि प्रतिस्पर्धा गर्ने देखिएको छ । धनुषामा आधा दर्जन युवा नेताहरु सभापतिको दौडमा छन् । युवा नेता राजकिशोर सिंह, सन्तोष यादवलगायतले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

    जिल्ला अधिवेशनमा पनि प्रदेश सभापतिका उम्मेदवारहरु खुल्ने स्थिति नरहेको काँग्रेसका युवा नेता सुनिल यादवले बताए ।

    प्रदेश सभापतिका उम्मेदवार धेरै भएकाले केन्द्रीय सभापतिका उम्मेदवारलाई थप चुनौती बढेको छ । खासगरी केन्द्रीय सभापतिका उम्मेदवार तथा उपसभापित विमलेन्द्र निधिका लागि गलपासो हुने भएको छ । प्रदेश सभापतिका आकांक्षीहरु निधिनिकटका नेताहरु रहेकोले उनलाई खुल्न समस्या देखिएको छ ।

    राष्ट्रिय महाधिवेशनअगावै प्रदेश अधिवेशन हुने भएकाले सभापतिको उम्मेदवार चयन गर्न नेता निधिका लागि सकस हुने भएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने कृष्णा यादव, महेन्द्र कुमार राय, रामसरोज यादव र दिनेश यादवले सभापतिमा निधिलाई समर्थन गर्ने चर्चा छ ।

    नेता निधिले सभापतिमा सर्वाधिक मत प्रदेश २ बाट नै प्राप्त गर्ने विश्वास लिएका छन् । कांग्रेस नेताहरुका अनुसार त्यो अस्वाभाविक पनि होइन । तर प्रदेश २ मा जिल्ला सभापति र प्रदेश सभापतिमा उनलाई खुलेर कसैको पक्षमा लाग्न सहज भने छैन ।

    कुनै एउटा पक्षमा लाग्दा उनको विरोधी पक्ष बलियो हुने सम्भावना छ । प्रदेश सभापतिका लागि प्रत्यासीमध्ये कसैलाई उम्मेदवार हुनबाट रोक्नु पनि नेता निधिका लागि प्रत्युत्पादक हुनसक्छ । प्रदेश २ मा उनको बलियो पकडलाई खुस्काउन जिल्ला र प्रदेश अधिवेशनमा अन्य प्रतिद्वन्द्वीको भूमिका रहनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ७ २०७८०५:३६:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend