आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अन्ततः शंकर पोखरेलको खेल खत्तम, यसरी भयो अहंकार ध्वस्त !

अन्ततः शंकर पोखरेलको खेल खत्तम, यसरी भयो अहंकार ध्वस्त !

  • मिडिया डबली
  • बुधवार, श्रावण २७ २०७८

  • 8.3K
    SHARES

  • अन्ततः शंकर पोखरेलको खेल खत्तम, यसरी भयो अहंकार ध्वस्त !

    काठमाडौं – नेपाली राजनीति लामो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारको शिकार भयो । ओलीकै सिको गर्ने मुख्यमन्त्री शंकर पोखरेलको अहंकारबाट लुम्बिनी प्रदेश समेत प्रभावित भयो ।

    प्रदेश सभामा बहुमत गुमाइसकेको स्पष्ट थाहा भएपछि मुख्यमन्त्री शंकर पोखरेलले अध्यादेशबाट बजेट ल्याए । संसदको विश्वास गुमाइसकेपछि पनि सत्तामा टिकिराख्नु अनैतिक, अहंकारी र निरंकुश कदम थियो ।

    तत्कालीन प्रदेश प्रमुखलाई आफ्नो इशारामा चलाएर मुख्यमन्त्री पोखरेलले अहंकार प्रदर्शन गरिरहेका थिए । तर संघमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि प्रदेश प्रमुखमा अमिक शेरचन आए । जसले गर्दा शंकर पोखरेलको दादागिरी चलेन ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) सम्मिलित विपक्षी गठबन्धन प्रक्रियाअनुसार अगाडि बढ्यो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो र प्रदेश प्रमुखबाट विशेष अधिवेशन आह्वान भयो ।

    बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल चलिरहँदा मुख्यमन्त्री पोखरेलले राजीनामा दिए । उनले संसदबाट पराजित भएर कुर्सी छाड्नुभन्दा राजीनामा दिने विकल्प रोजे । राजीनामासँगै शंकर पोखरेलको सबै खेल खत्तम भयो ।

    अब लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्री चयन हुने भएको छ । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा भोलि बिहीबार दिउँसो ३ बजेसम्म दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनाले आह्वान गरेका छन् ।

    प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहीवार बिहीबार दिउँसो ३ बजेसम्म दाबी पेश गर्न समय दिइएको जनाएका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलले बुधवार राजीनामा दिएपछि प्रदेश प्रमुखबाट नयाँ मुख्यमन्त्रीका लागि आह्वान गरिएको हो । लुम्बिनीमा अब गठबन्धन सरकार बन्ने भएको छ ।

    यस्तो छ प्रदेश प्रमुखको आह्वान –

    236192955_3383355188557483_7673297832265564319_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend