आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अकस्मात यी मन्त्रीले दिए राजीनामा, शंकर पोखरेललाई झड्का !

अकस्मात यी मन्त्रीले दिए राजीनामा, शंकर पोखरेललाई झड्का !

  • मिडिया डबली
  • बुधवार, श्रावण २७ २०७८

  • 6.1K
    SHARES

  • अकस्मात यी मन्त्रीले दिए राजीनामा, शंकर पोखरेललाई झड्का !

    काठमाडौं – सरकार परिवर्तन गर्ने प्रयास स्वरूप मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज बुधबार छलफल हुने निश्चित भएपछि सरकारका एक मन्त्रीले राजीनामा दिएका छन् ।

    लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका हुन् । मन्त्री पाण्डेयको राजीनामा सँगै मुख्यमन्त्री पोखरेललाई ठूलो झड्का लागेको छ । यसअघि पाण्डेयले संकटका बेला पोखरेललाई सघाउँदै आएका थिए ।

    सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेको र जसपाले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको पाण्डेयले जनाएका छन् । पाण्डेय जसपाबाट निर्वाचित सांसद थिए, उनलाई पार्टीले कारवाही समेत गरेको छ ।

    गत बैशाखमा मन्त्री बनेका पाण्डेयसहित विजय यादव र कल्पना पाण्डेयलाई जसपाले सरकारबाट फिर्ता हुन नमानेपछि कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको छ । पार्टीले कारवाही गर्ने निर्णयविरुद्ध सर्वाेच्च अदालत पुगेपनि अदालतले अन्तरिम आदेश दिएन ।

    रूपन्देही क्षेत्र नम्बर ३(१) बाट निर्वाचित विजयी पाण्डेयले मन्त्री पद त्यागे पनि विजय यादव र कल्पना पाण्डेय सरकारमा कायमै रहेका छन् । लुम्बिनी प्रदेश सभामा जसपाका ६ सांसद रहेपनि पार्टीले ३ जनालाई कारबाही गरेपछि अब ३ सांसद मात्रै बाँकी रहेका छन् ।

    san.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १० २०७७०८:०२:३१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend