काठमाडौं- जनता समाजवादी पार्टीका नेताहरुको गोप्य बैठक जसपाका नेता डा बाबुराम भट्टराईका भाइ शिव भट्टराईको कोटेश्वरस्थित निवासमा सकिएको छ ।
स्रोतका अनुसार शुक्रबार वरिष्ठ नेताहरु डा भट्टराई, अशोक राइ र राजेन्द्र महतोबीच छलफल भएको हो, यद्यपी कुनै कुरामा सहमति भएको छैन् ।
समाजवादी र राजपाबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको पाँच महिना बित्दा पनि समायोजन सम्पन्न भएको छैन ।
नेताहरुले त्यसका लागि पटक पटक छलफल गरे पनि कुनै सहमति गर्न सकेको छैनन् ।
५१ सदस्यीय कार्यकारिणी समिति बनेको छ । केन्द्रीय समिति, सचिवालय, राजनीतिक समिति, संघीय परिषद्, केन्द्रीय सल्लाहकार समितिलगायत विभिन्न आयोगहरु गठन गर्नुपर्ने हुन्छ ।
त्यसमा छलफल हुन बाँकी नै छन् तर शीर्ष नेताहरुलाइ कसरी व्यवस्थापन गर्ने विषयमा नै कुरा मिलेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।