आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संविधान दिवसमा जसपाले गर्याे उल्टाे निर्णय, देश हल्लाउनसक्ने संकेत

संविधान दिवसमा जसपाले गर्याे उल्टाे निर्णय, देश हल्लाउनसक्ने संकेत

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २ २०७७

  • 8.0K
    SHARES

  • संविधान दिवसमा जसपाले गर्याे उल्टाे निर्णय, देश हल्लाउनसक्ने संकेत

    काठमाडौं- गतवर्ष संविधान दिवसका दिन जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कालोदिनका रुपमा मनाएको थियो ।

    यसपटक भने जसपाले र्अको नीति अबलम्ब गरेको छ । शुक्रबार बसेको जसपाको पदाधिकारी बैठकले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिएर त्यसदिन विरोध गर्ने निर्णय गरेको हो ।

    पार्टीको बैठकले संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने निर्णय गरिएको पार्टीका अध्यक्ष उपेन्द्र यादवको भनाइ छ ।

    जसपाले विज्ञप्ति जारी गर्दै असोज ३ गते विभिन्न प्रकारका विरोधका कार्यक्रम आयोजना गर्ने बताएको छ । संविधान संशोधनद्धरा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा असोज ३ गते शान्तिपूर्ण विरोधका कार्यक्रम आयोजना पार्टी कार्यकर्तालाई आह्वान गरेको छ ।

    देशका प्रमुख स्थानमा विरोध एवं प्रदर्शन गर्दा देशभरनै संविधानको दिवसका दिन जसपाको विरोध हुनसक्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष ५ २०७७०७:२४:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend