आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बाबुरामको पार्टीले माग्यो रेशम चौधरीको रिहाइ

बाबुरामको पार्टीले माग्यो रेशम चौधरीको रिहाइ

  • मिडिया डबली
  • आइतवार, भाद्र २८ २०७७

  • 6.3K
    SHARES

  • बाबुरामको पार्टीले माग्यो रेशम चौधरीको रिहाइ

    काठमाडौं- बाबुराम भट्टराई, उपेन्द्र यादव र महन्थ ठाकुरलगायतको जनता समाजवादी पार्टी(जसपा)ले सांसद रेशम चौधरीको रिहाइ माग गरेको छ।  टिकापुर घटनामा दोषी ठहर भएर जेल सजाय काटी रहेका रेशम चौधरीको रिहाइको माग गर्दै जसपाले विज्ञप्ती जारी गरेको छ ।

    आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद चौधरीलगायत नेता(कार्यकर्तामाथि सरकारले लगाएको मुद्दा खारेजगरी रिहा गर्न जसपाले माग गरेको हो । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा मधेस-थारू आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्वारा मुद्दा चलाउने, धन सम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझै पनि जारी रहेको भन्दै तत्काल बन्द गर्न माग गरेका छन्। 

    २०७२ भदौमा थारुहटको आन्दोलन चर्किँदा हिंसात्मक बनपछि भिडको आक्मणमा परी एक बालकसहित नेपाल प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको ज्यान गएको थियो। सोही घटनामा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो ।

    रेशम चौधरी २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष ५ २०७७०७:२४:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend