आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शंकर पोखरेललाई सरकारबाट लखेट्न माओवादीको राजापानी रिसोर्टमा भयंकर ‘प्लान’

शंकर पोखरेललाई सरकारबाट लखेट्न माओवादीको राजापानी रिसोर्टमा भयंकर ‘प्लान’

  • मिडिया डबली
  • मंगलवार, श्रावण २६ २०७८

  • 5.9K
    SHARES

  • शंकर पोखरेललाई सरकारबाट लखेट्न माओवादीको राजापानी रिसोर्टमा भयंकर ‘प्लान’

    काठमाडौं – लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई सरकारबाट लखेट्न अन्तिम तयारी भइरहेको छ ।

    पोखरेलविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको तयारी र सरकारमा सहभागिताको भागबण्डा मिलाउन लुम्बिनी प्रदेशका विपक्ष दलका नेता र सांसदहरू कपिलवस्तुको राजापानी रिसोर्टमा भेला भएका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सम्मिलित गठबन्धनले अविश्वासको प्रस्तावका पक्षमा रहेका ४१ जना सांसदलाई रिसोर्टमै राखेर भेला गर्दैछ । मुख्यमन्त्री पोखरेलले सांसदको अपहरण समेत गर्नसक्ने आशंका विपक्षी गठबन्धनलाई छ । यसअघि माओवादी सांसद विमला खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप छ ।

    सांसदको अपहरण र खरिदबिक्री हुने डरले गठबन्धनले सबै सांसदलाई एकैठाउँमा राख्ने भएको छ ।

    विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्तावमाथि साउन २७ गते बुधबार छलफल हुने भएकाले सांसदलाई प्रलोभनमा पार्ने डरले सांसदलाई रिसोर्टमा लगिएको जनाइएको छ । मुख्यमन्त्री पोखरेल भने २ सांसदलाई आफ्नो पक्षमा तान्ने तयारी गरिरहेका छन् ।

    राजापानी रिसोर्ट माओवादी नेता नारायण महतको हो । उनी विभिन्न पार्टी परित्याग गर्दै हाल माओवादी केन्द्रमा रहेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा गठबन्धनका नेताहरूसहित सांसदहरू भेला भएका छन् ।

    गठबन्धनले पोखरेललाई हटाएर माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २१ २०७७०९:१९:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend