आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यी हुन् कांग्रेसका ५ सांसद : जसले ह्वीप नमानी दाङलाई राजधानी बनाउन कस्सीए

यी हुन् कांग्रेसका ५ सांसद : जसले ह्वीप नमानी दाङलाई राजधानी बनाउन कस्सीए

  • मिडिया डबली
  • बुधवार, आश्विन २१ २०७७

  • 5.1K
    SHARES

  • यी हुन् कांग्रेसका ५ सांसद : जसले ह्वीप नमानी दाङलाई राजधानी बनाउन कस्सीए

     काठमाडौं - प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ। प्रदेशसभा बैठकमा मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो।

    दाङको भालुवाङ स्थायी राजधानी राख्ने प्रस्तावको पक्षमा बैठकमा उपस्थित ८२ मध्ये ६९ मत खस्यो भने विपक्षमा १३ मत खसेको थियो।राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पाँच जना सांसदले मत हालेका छन्। कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको भएपनि कपिलबस्तु पश्चिमका पाँच सांसदले स्थायी राजधानी भालुवाङको पक्षमा मत खसालेका थिए।

    स्थायी राजधानी भालुवाङ राख्ने पक्षमा कांग्रेसका सांसदहरु बर्दियाका सांसद भुवनेश्वर चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी, दाङका सांसदत्रय शंकर गिरी, डिल्ली चौधरी र अर्जुन श्रेष्ठले दाङको पक्षमा मतदान गरेका हुन्। बाँकेका सांसद सुरेन्द्र हमाल भने बैठकमा अनुपस्थित थिए।

    यस्तै, प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमा खसेको कुल ८३ मतमध्ये ७९ मत पक्षमा परेको छ भने विपक्षमा ४ मत खसेको छ। प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख २० २०७८०१:२९:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend