आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शंकर पोखरेलविरुद्ध लुम्बिनीमा नयाँ प्रदेश प्रमुखले लिए यस्तो ‘एक्सन’

शंकर पोखरेलविरुद्ध लुम्बिनीमा नयाँ प्रदेश प्रमुखले लिए यस्तो ‘एक्सन’

  • मिडिया डबली
  • बिहिवार, श्रावण २१ २०७८

  • 3.7K
    SHARES

  • शंकर पोखरेलविरुद्ध लुम्बिनीमा नयाँ प्रदेश प्रमुखले लिए यस्तो ‘एक्सन’

    काठमाडौं – मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नयाँ प्रदेश प्रमुख अमिक शेरचनाले ‘एक्सन’ लिएका छन् ।

    प्रमुख शेरचनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायत विपक्षी दलको माग अनुसार प्रदेशसभा विशेष अधिवेशन आह्वान गरेका छन् ।

    मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आह्वान भएको छ ।

    प्रदेशसभा सचिवालयले बिहीवार सूचना जारी गरेर प्रदेश प्रमुख अमिक शेरचनबाट साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान भएको जानकारी दिएको छ ।

    लुम्बिनी प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेस, नेकपा माओवादी लगायत दल सम्मिलित विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध मंगलवार अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।

    बिहीबार मुख्यमन्त्री शंकर पोखरेल सांसद ‘अपहरण’ काण्डमा समेत मुछिएका छन् । नेकपाबाट निर्वाचित भएर माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री वलीले आफूलाई जबरजस्ती मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखिएको आरोप लगाएकी छन् ।

    मुख्यमन्त्री पोखरेलले सत्ता जोगाउन प्रयास गरिरहेका भएपनि प्रदेशसभामा अल्पमतमा परेका पोखरेलले अब सत्ता जोगाउन नसक्ने देखिएको छ । 

    पढ्नुहोस् सूचना –

    ls.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २१ २०७७०९:१९:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend