आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शंकर पोखरेलको कर्तुत : महिला सांसदलाई ‘अपहरण’ गराए, ट्वाइलेटबाटै भागेपछि पर्दाफास

शंकर पोखरेलको कर्तुत : महिला सांसदलाई ‘अपहरण’ गराए, ट्वाइलेटबाटै भागेपछि पर्दाफास

  • मिडिया डबली
  • बिहिवार, श्रावण २१ २०७८

  • 11.2K
    SHARES

  • शंकर पोखरेलको कर्तुत : महिला सांसदलाई ‘अपहरण’ गराए, ट्वाइलेटबाटै भागेपछि पर्दाफास

    काठमाडौं – अल्पमतमा परेको सरकार जोगाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले महिला सांसदको अपहरण गराएको खुलासा भएको छ ।

    नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा सांसद विमला खत्री वलीले अपहरणपछि मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई बन्धक बनाएर राखिएको खुलासा गरेकी छन् ।

    उनी ट्वाइलेटबाट भागेर बाहिर आएपछि घटनाको पर्दाफास भएको छ । आज बिहीबार पत्रकार सम्मेलन गर्दै सांसद विमलाले आफूलाई जबरजस्ती मुख्यमन्त्री निवासमा पुर्‍याइएको खुलासा गरिन् ।

    तुलसीपुरबाट उपचारका लागि नेपालगञ्ज जान लागेको समयमा नेकपा एमालेका लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर रावतले आफूलाई गाडीमा राखेर जबरजस्ती बुटवल पुर्‍याएको आरोप लगाएकी छन् । माओवादी रोजेपछि नेकपा एमालेमा आउन निरन्तर दबाब र प्रलोभन दिइएको विमलाले बताइन् ।

    231981010_200293295399705_5158817335790470812_n.jpg

    ‘साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाब दिइयो, मैले इन्कारी जारी राखिरहें । साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को २–३ वटा माइन्युट जस्ता रजिस्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो । यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छु भनेर सोचेको थिएँ तर अझ कडाइका साथ साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो,’ विमलाले विज्ञप्तिमार्फत भनिन् ।

    undefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend