काठमाडौं – हिंसात्मक पृष्ठभूमिबाट शान्ति प्रक्रियामा आएका माओवादी शक्तिहरू विभिन्न समूहमा विभाजित छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र सरकारमा छ भने अन्य माओवादी सरकार बाहिरै छन् ।
प्रचण्डकै निर्देशनबमोजिम हत्याहिंसा, सम्पत्ति कब्जा, गुण्डागर्दी जस्ता गतिविधि गर्दै आएका माओवादी शान्ति प्रक्रियामा आएपछि पनि सुध्रिएनन् ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले चर्चित कलाकार किरण केसी ‘रातामकै’को माडीस्थित ४० बिघा जग्गा कब्जा गरेको छ । शनिवार दिउँसो १ बजे झण्डा गाडेर रातामकैको जग्गा कब्जा गरिएको छ ।
फिल्म निर्माता समेत रहेका केसी आवद्ध कम्पनी ट्वान्टी–वान प्रालिले प्लटिङ गरेको जग्गालाई कब्जामा लिइएको क्रान्तिकारी माओवादीका चितवन जिल्ला अध्यक्ष कृष्ण सुनारले बताए । माडी नगरपालिका–२ पौहारीको प्लटिङ जग्गालाई माओवादीले कब्जामा लिएको छ ।
प्लटिङ गरिएको जग्गा कुसुम खोलाका सुकुम्बासीले पाउनुपर्ने माग क्रान्तिकारी माओवादीको छ । सुकुम्बासीले जग्गा नपाएसम्म कब्जामै राखिने माओवादीको अडान छ । ट्वान्टी वान ग्रुपले माडीको अयोध्यापुरीको अधिकांश जग्गामा प्लटिङ गरेको छ भने मकवानपुरमा समेत काम गरिरहेको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।