काठमाडौं – नेपाली कम्युनिस्ट आन्दोलनभित्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक गुरु मानिएका मोहन वैद्य ‘किरण’ले देशको राष्ट्रिय स्वाधिनताको रक्षाका लागि नयाँ तरिकाले राजतन्त्र फर्काउन सकिने बताएका छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा नेता वैद्यले संसदवादी दलबाट राष्ट्रियता खतरामा परेकाले राजा चाहिने बताए । माओवादी आन्दोलनमा वैचारिक नेता भनेर चिनिने वैद्यले राजतन्त्र फर्काउनुपर्नेमा जोड दिएका छन् ।
उनले पूर्वराजा ज्ञानेन्द्रले नयाँ ढंगले सोचेमा राजतन्त्र फर्काउन आवश्यक रहेको बताए । ‘अहिले राजा त छैन, एउटा शक्ति चाँहि छ तर त्यो शक्ति नयाँ किसिमले आएमा सहकार्य गर्ने इच्छा छ,’ उनले भने ।
कम्बोडियामा पनि नरोद्दम सिंहानुकले कम्युनिस्टहरूसँग मिलेर गएको उदाहरण दिँदै उनले भने नेपालमा पनि ज्ञानेन्द्र शाहले त्यसरी आएमा पुरानो पूर्वाग्रहमा नबस्ने बताएका छन् ।
‘नयाँ परिस्थिति अनुसार जानुपर्यो । देशको रक्षा संसदवादीबाट सम्भव छैन । साँच्चिकै देशको रक्षा गर्ने हो भने देशभक्त र कम्युनिस्टहरू एक भएर जाऊँ भने त्यसपछि सोच्न सकिन्छ,’ वैद्यले भने ।
पछिल्लो समयमा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समेत जनमत संग्रहको माग गर्दै आएका छन् । वैद्य र विप्लवको पार्टीबीच गठबन्धन रहेको छ ।
अन्तर्वार्तामा वैद्यले ज्ञानेन्द्र शाह मात्रै सामन्तवादी नभएको टिप्पणी समेत गरेका छन् । ‘सामन्त त अरु पनि छन्,’ उनले भने ।
राष्ट्रिय स्वाधीनताको निम्ति नयाँ ढंगले राजासँग मिलेर जानुको विकल्प छैन : मोहन बैध्य pic.twitter.com/n57zQ1DPyA
— Arun Luitel (@ArunLuitel7) October 1, 2021
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।