सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

मोहन वैद्यले राखे प्रचण्डसँग गजबको ‘अफर’

मोहन वैद्यले राखे प्रचण्डसँग गजबको ‘अफर’

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ८ २०७८

  • 7.7K
    SHARES

  • मोहन वैद्यले राखे प्रचण्डसँग गजबको ‘अफर’

    काठमाडौं – नेपाली कम्युनिस्ट आन्दोलनमा नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य ‘किरण’ सत्ता स्वादमा नभुल्ने नेताको रूपमा परिचित छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताका लागि मरिहत्ते गर्ने नेतामा पर्छन् ।

    कुनै बेला किरण र प्रचण्ड एकै पार्टीमा थिए । तर माओवादी सत्ताको स्वादमा रुमल्लिएपछि किरण छुट्टै हिँड्न थाले ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष किरणले प्रचण्डसँग गजबको अफर राखेका छन्, जसमा प्रचण्डलाई प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्न आग्रह गरिएको छ ।

    अध्यक्ष वैद्यले प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने मोह त्यागेर ‘कोर्स चेन्ज’ गरेर अर्काे बाटो रोज्न अफर गरे ।

    वैद्यले सार्वजनिक कार्यक्रममै भने, ‘यहाँ सबै कम्युनिस्ट पार्टी मिल्ने भन्नुभो तर मेरो विचार के हो भने संसद् र सरकारमा जाने र सडकमा रहने कम्युनिस्टहरुले एउटा–एउटा काम गरौं, तालमेल गरौं, सरकारमा भएकाले सडकमा भएकाहरुलाई दमन गर्नुभएन । एकअर्कासँग कार्यगत एकता गरेर राम्रैसँग अगाडि बढ्न सकिन्छ । प्रचण्डजी यहाँ आउनुभएन, माधवजी हुनुहुन्छ, तपाईंहरुले कोर्स चेन्ज गर्नुस्, यही संसद् पक्रेर कतिपटक प्रधानमन्त्री हुने ? प्रधानमन्त्री बन्ने लोभ छोड्नुस्, देश र जनताको हित सोच्नुस् । सकिन्छ भने ‘कोर्स चेन्ज’ गरेर सबैलाई क्रान्तिकारी बनाऊँ, सकिन्न भने सडकमा भएका कम्युनिस्टबीच तालमेल गरेर क्रान्ति गरौं ।’ 

    वैद्यले कम्युनिस्ट पार्टीहरुको अबको बाटो संसदलाई बचाएर सबै कम्युनिस्ट मिलेर चुनाव लड्ने भएमा आफूरु सहमत हुन नसक्ने बताएका छन् । ‘संसद्का लागि लड्ने होइन तर संसद् चिरिञ्जीवी भएर समस्याको समाधान हुँदैन,’ वैद्यले भने ।

    कम्युनिस्ट पार्टीहरुमा संसदवादी, क्रान्तिकारी र मध्यपन्थी संशोधनवादी गरी ३ वटा धार रहेका अध्यक्ष वैद्यले बताएका छन् । डबल नेकपा संसदवादी भएकाले सैद्धान्तिक हिसाबले फुट्नुको कुनै कारण नरहेको धारणा राख्दै वैद्यले केपी ओलीमा कार्यशैलीगत समस्या र नेताहरुको टकराव र इगोका कारण फुटे पनि मिल्न सुझाव दिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend