शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कम्युनिस्टका गुरुबाटै ओली र प्रचण्ड दुवैलाई गद्दारको उपाधि !

कम्युनिस्टका गुरुबाटै ओली र प्रचण्ड दुवैलाई गद्दारको उपाधि !

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 3.5K
    SHARES

  • कम्युनिस्टका गुरुबाटै ओली र प्रचण्ड दुवैलाई गद्दारको उपाधि !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै नवसंशोधनवादी विचलन र गद्दारीका कारण जनयुद्ध इतिहास बनेको आरोप लगाएको छ ।

    छब्बिसौं जनयुद्ध दिवसको उपलक्ष्यमा शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव तथा कम्युनिस्टहरूका गुरु मानिने मोहन वैद्यले नेतृत्वको गद्दारीकै कारण क्रान्ति प्रतिक्रान्तिमा बदलिएको बताएका छन् ।

    महासचिव वैद्यले झापा आन्दोलन र जनयुद्धको क्रान्तिकारी विरासतलाई साम्राज्यवाद र विस्तारवादको पोल्टामा सुम्पेर तिनका नेताहरू सत्ता र सुविधामा घोडेभागका लागि सडकमा भिडिरहेका आरोप लगाउँदै यसले देश असफल सिद्ध हुँदै गएको बताए । झापा आन्दोलन ओलीको नेतृत्वमा र जनयुद्ध प्रचण्डको नेतृत्वमा भएको थियो ।

    ‘यसले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरू सबै असफल भएको मात्र होइन, नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको तथ्य स्पष्ट गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा नेपाली क्रान्तिले धक्का अवश्य खाएको तर क्रान्तिको प्रक्रिया नरोकिएको वैद्यले जनाएका छन् ।

    mb.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend