काठमाडौं - काठमाडौंमा चिनियाँ नागरिकले अवैध रक्सी कारखाना सञ्चालन गरिरहेको प्रहरीले फेला पारको छ । प्रहरीले अहिले ठमेलस्थित ज्याँठामा रहेको उक्त रक्सी कारखानामा छापा मारेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाद्वारा खटिएको प्रहरी टोलीले छापा काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित ज्याँठामा रहेको उक्त रक्सी कारखानामा छापा मारेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
उनका अनुसार अनुमति नलिई अवैध रूपमा घरेलु मदिरा बनाइरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोलीले छापा मारेको हो । एक/डेढ सय ड्रम रक्सी पनि बरामद भएको प्रहरीले जनाएको छ।
उक्त कारखाना एक चिनियाँ नागरिकले चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।
प्रहरीले ती चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। त्यहाँ मेसिन नै राखेर रक्सी बनाउने गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। प्रहरी टोलीले पक्राउ परेका चिनियाँ नागरिक थप अनुसन्धान गरिरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।