काठमाडौं – पार्टीको निर्देशन विपरीत हिँडेपछि कारवाही गरेको पत्रका आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा रहेका ३ जना मन्त्रीलाई सांसद पदबाट बर्खास्त गरेको छ ।
लुम्बिनी प्रदेश सभामा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका ३ जना सांसद पदमुक्त गरिएका हुन् ।
लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार सूचना जारी गरेर सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जनाएका छन् ।
पार्टीले कारवाही गरेपछि सांसदबाट पदमुक्त भएका तीनै जना पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेका छन् । पोखरेल सरकारलाई जोगाउन टेको लगाएका सांसदहरू नै पदमुक्त भएपछि लुम्बिनी प्रदेश सरकार हल्लिएको छ ।
पढ्नुहोस् सूचना –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।