काठमाडौं – धर्मनिरपेक्षता खारेज गर्नुपर्ने माग सर्वत्र उठिरहेका बेला नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस गर्नुपर्ने माग गरेका छन् ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने र संघीयता खारेज गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेका बेला नेता बाँस्कोटाको अभिव्यक्ति आएको हो ।
नेता बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘संघीयतामा कुनै देश किन गए ? हामीले आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि हेरेनौ । जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाइयो । नेपालभन्दा विदेशमा गोष्ठीहरूको बाढी आयो र हामी बगिरह्यौ । धर्म, संस्कृति र राज्यबारे त छुट्टै बहस गर्नुपर्छ ।’
अध्यक्ष मिश्रले आईतबार लामो प्रस्ताव सार्वजनिक गर्दै संघीयता र धर्मनिरपेक्षताबारे पुनर्विचार गर्नुपर्ने माग राखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।