आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

तत्काल तुइन हटाएर झोलुङ्गे पुल बनाउन गृहमन्त्री खाँणको निर्देशन

तत्काल तुइन हटाएर झोलुङ्गे पुल बनाउन गृहमन्त्री खाँणको निर्देशन

  • मिडिया डबली
  • आइतवार, श्रावण १७ २०७८

  • 6.9K
    SHARES

  • तत्काल तुइन हटाएर झोलुङ्गे पुल बनाउन गृहमन्त्री खाँणको निर्देशन

    काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले तुइन तत्काल हटाएर झोलुङ्गे पुल निर्माण कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन् ।

    सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन बैठकमा निर्देशन दिइएको हो ।

    बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, गृह प्रवक्ता फणीन्द्रमणि पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

    बैठकमा शनिवार रातिको बाढीले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पुर्‍याएको क्षतिबारे ब्रिफिङ गरिएको छ । तत्काल हेलम्बु गाउँपालिकको चनौटे बजारमा बाढीले बगाएको पुलमा वैकल्पिक पुलको व्यवस्थाबारे छलफल भएको छ ।

    सहज रूपमा खाद्यान्न र औषधिजन्य सामग्री ढुवानीका लागि सडक पहुँच अनिवार्य भएकाले तत्काल आवश्यक प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई बैठकले निर्देशन दिएको छ ।

    आवागमन सहज बनाउन ३ तहका सरकारी निकायबीच समन्वय गर्न समेत निर्देशन दिइएको छ । सडक पहुँच निर्माणका लागि केन्द्रलाई अग्रसरता लिन निर्देशन दिँदै बैठकले आवश्यक बजेट व्यवस्थापनका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाएको छ ।

    नागरिकको जीवनरक्षा, उद्धार र राहतका लागि गृह मन्त्रालय प्रतिवद्ध रहेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend