आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पछिल्ला यी घटनाक्रमले महेश बस्नेतलाई छटपटी !

पछिल्ला यी घटनाक्रमले महेश बस्नेतलाई छटपटी !

  • मिडिया डबली
  • बिहिवार, श्रावण ७ २०७८

  • 4.3K
    SHARES

  • पछिल्ला यी घटनाक्रमले महेश बस्नेतलाई छटपटी !

    काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले सांसद कृष्ण कुमार श्रेष्ठ 'किसान'ले मेरो योजनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए र पूर्वमन्त्री प्रभु शाहले आईटी आर्मी गठन गरेको विषयमा उनको नाम जोडेर केही अनलाइन सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेकोमा आपत्ति जनाएका छन्।

    उनले सामाजिक संजालमार्फत उक्त खबरहरू श्रोत र सम्पर्क बिनाको अनलाइनहरुका खबर रहेको  भन्दै आपत्ति समेत जनाएका छ्न। 

    पूर्वमन्त्री प्रभुको ‘आईटी आर्मी’ महेशद्वारा बहिस्कार शीर्षकमा लेखिएको समाचारप्रति उनले आपत्ति जनाएका छन्। महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्वमन्त्री साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि यसबारे एमालेमा हल्लीखल्ली मचेको भनी समाचारमा उल्लेख छ। बस्नेत सो समाचारको खण्डन गर्दै सामाजिक सञ्जालमा उनको सम्बन्ध साहसङग राम्रो रहेको र उहाँहरू मिलेर काम गर्ने स्पष्ट पारेका छन् । उनले समाजिक सन्जालमा पोस्ट गरेका छन्, 'कमरेड पूर्व मन्त्री साहसँगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आईटी आर्मी गठनमा मेरो असहमति होस। उहाँ र मेरो सल्लाहअनुसार नै बनेको हो आईटी आर्मी, अनि साइबर सेनासँगै मिलेर दुबै संगठनमा काम गर्छन। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पढ्दैछु।'

    त्यस्तै, महेश बस्नेतकै योजनामा श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट हालेको चर्चा शीर्षकमा न्युज लेखेका थिए। जसमा उनले समाजिक सञ्जाल मार्फत आपत्ति जनाएका हुन्।

    215305039_848745255762324_1461828293631063556_n.jpg

    उक्त अनलाइनहरुले सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्खास्त गरिदिएपछि अदालतको निर्णयविरुद्ध देशव्यापी संघर्ष गर्ने उद्घोष गरेका बस्नेतकै आग्रहमा उनीनिकट सांसद श्रेष्ठले काँग्रेसका सभापतिसमेत रहेका देउवालाई विश्वासको मत दिएको चर्चा चल्न थालेको भनी समाचार लेखेका थिए।

    त्यस्तै देउवाले दोस्रो पटक पुनःजिवीत प्रतिनिधि सभाबाट विश्वासको मत लिएको र एमाले अध्यक्ष ओलीको पक्षमा लागेका श्रेष्ठलगायत ८ सांसदले देउवालाई विश्वासको मत दिनु अर्थपूर्ण मानिएको भनी ती अनलाइनहरुले समाचारमा उल्लेख गरेका छन्।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौरानिकखालको श्रीमान श्रीमती जस्तो मृत्यु सति जाने जस्तो सम्बन्ध होइन केही मिडिया किन रमाएका हुन्'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष ११ २०७७०८:००:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend