आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलले राजीनामा दिएपछि कमल थापा खुसी, ‘उच्च राजनीतिक नैतिकताको प्रदर्शन’

भीम रावलले राजीनामा दिएपछि कमल थापा खुसी, ‘उच्च राजनीतिक नैतिकताको प्रदर्शन’

  • मिडिया डबली
  • आइतवार, श्रावण ३ २०७८

  • 5.0K
    SHARES

  • भीम रावलले राजीनामा दिएपछि कमल थापा खुसी, ‘उच्च राजनीतिक नैतिकताको प्रदर्शन’

    काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सांसद पदबाट राजीनामा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले खुसी प्रकट गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै अध्यक्ष थापाले राजीनामा दिएर उपाध्यक्ष रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको जनाएका छन् ।

    अध्यक्ष थापाले लेखेका छन्, ‘विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजीनामा दिएर भीम रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ । विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा. रावलको अडान प्रशंसनीय रहेको छ । राजनीतिको शुद्धीकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना !’

    उपाध्यक्ष रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वार्थ र स्वेच्छाचारिता बढेको आरोप लगाउँदै सांसद पदबाट राजीनामा दिएका हुन् । सांसद रावलले आईतवार संसद् भवन नयाँ बानेश्वरमा आफ्नो राजीनामा घोषणा गरेका छन् ।

    उपाध्यक्ष रावलले आफ्नो राजीनामा पत्र पढेर सुनाएका छन् । पत्र पढ्दै उनले आफूलाई घृणित राजनीतिक खेलबाट अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको जनाएका छन् ।

    पढ्नुहोस् राजीनामा पत्रको पूर्णपाठ –

    सम्माननीय सभामुख ज्यु, प्रतिनिधि सभा सिंहदरबार काठमाडौँ ।

    विषय : राजीनामा

    महोदय,

    झन्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौँ राजनीतिक आरोह अवरोह तथा घात प्रतिघात व्यहोरेको छु । र तिनको सामना गर्दै आएको छु । यो सबै मैले मातृभूमिको स्वाधीनता, स्वतन्त्रताका  लागि गरेको थिए । तर राजनीतिक नेतृत्वको त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौँ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने किर्ते काम हुँदै गए ।

    फलस्वरूप आज नेपाल र नेपालीहरूको शिर निहुरिँदै गएको छ । अझ केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पदलिप्सा तथा विधि र पद्धतिलाई आफ्नो उचित एवं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी र निरंकुश तरिकाले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा, देशभक्त र लोकतन्त्र प्रेमी नेपालीको मन रुन्छ ।

    यस्ता विकृत तथा देश र जनताका हितविपरितका क्रियाकलापका विरुद्ध जुध्दै रोक्नका लागि जनप्रतिनिधि एवं राजनीतिक कर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे । तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनर्स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हित भन्दा निजी स्वार्थ अहम्, प्रतिशोध चरित्र र कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झने जुनसुकै नागरिकको मनमा घृणा उत्पन्न हुन्छ ।

    यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।

    भीमबहादुर रावल सदस्य प्रतिनिधिसभा
    अछाम निर्वाचन क्षेत्र नम्बर १

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक १ २०७७०९:४२:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend