काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो बनाउन राप्रपालाई पुरानै अवस्थामा पर्काएरै छाड्ने बाचा गरेका छन्।
पार्टीका जनवर्गीय संगठनका पदाधिकारी तथा अन्य नेता कार्यकर्तासँग भएको भर्चुअल कार्यक्रममा अध्यक्ष थापाले राप्रपाको बिचार र सिद्धान्तले मात्रै मुलुकमा विकास सम्भव भएको बताएका हुन्।
उनले पार्टीमा कुनै विवाद नरहेको र आफूहरु कसरी जनविश्वास लिने भन्ने रणनीति तय गर्न कसरत गरिरहेको पनि बताए। ‘अब राप्रपालाई पुरानै अवस्थामा फर्काउनुपर्छ। तपाइँ हामी साथै छौँ यूवाहरुलाई हामीसँग जोड्नु पर्छ’ थापाले भने।
राप्रपाको एकतालाई छिटै अन्तिम रुप दिएर नेपालमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण हुने उनको दाबी छ। उनले राप्रपासँग विचार र सिद्धान्त मिल्ने अन्य शक्तिहरुसँग पनि एकता हुने बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।