आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपाकाे एकता भाँडिदै : नेता भीम रावल पनि गर्जीए, 'पार्टीभित्र अनिष्ट हुँदै'

नेकपाकाे एकता भाँडिदै : नेता भीम रावल पनि गर्जीए, 'पार्टीभित्र अनिष्ट हुँदै'

  • मिडिया डबली
  • सोमवार, आश्विन २६ २०७७

  • 10.0K
    SHARES

  • नेकपाकाे एकता भाँडिदै : नेता भीम रावल पनि गर्जीए, 'पार्टीभित्र अनिष्ट हुँदै'

    काठमाडौं- हिजो (आइतबार) कर्णाली प्रदेशका सांसदले मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेश गरेको कुराले अहले नेकपाभित्र तरंग मच्चिएको छ । 

    यसबीच नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टीभित्र अनिष्टको संकेत देखिएको बताएका छन् । 

    उनले पार्टी स्थायी कमिटीको निर्णयविपरीत हठातमा कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउनुले पार्टीभित्र अनिष्ट हुने देखिएको बताएका हुन् ।

    नेता रावलले अहिलेको विषयमा तत्काल नेतृत्वको ध्यानाकर्षण हुनु जरुरी रहेको बताएका छन् । 

    उनले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत भनेका छन्,  ‘नेकपा स्थायी समितिले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो। निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुन सक्छ।समयमै नेतृत्वको गम्भीर ध्यान जाओस्। देशहित ठूलो हो ।’

    यसबाहेक नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कर्णाली प्रदेशमा भएको घटनाप्रति ध्यानाकर्षण समेत गराएका छन्।

    सामेबार बिहान बालुवाटारमा भेटेर प्रचण्डले कर्णालीमा जे भयो त्यो राम्रो नभएको भन्दै प्रधानमन्त्रीले त्यसलाई मिलाउनुपर्ने बताएका हुन्।

    करिब ७० मिनेट भएको कुराकानीमा मुख्यतया कर्णाली प्रदेशमा आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दलकै १८ सांसदले दर्ता गराएको अविश्वासको प्रस्तावमा केन्द्रित भएर छलफल भएको थियो।

    ‘अहिले कर्णालीमा जे भयो त्यो राम्रो भएन,’ प्रचण्डले ओलीलाई भनेका थिए, ‘यसले पार्टी एकता र अगाडि बढ्नका लागि पनि राम्रो गर्दैन् । यो पार्टी एकताको मर्मविपरित हुन्छ ।’ पछिल्लो समयका लगातारका टकरावकाबीच ओलीपक्षको पछिल्लो कदमले नेकपाको एकता भाँडिन सक्ने संकेत गराएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend