काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले कम्युनिष्ट र समाजवादीहरुबाट खतार उत्पन्न भएको बताएका छन् । उनले कम्युनिस्टको खतरा हटाउन संसारभरका दक्षिणपन्थी र परम्परावादी शक्तिहरुको सञ्जाल र शक्ति बढाउनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युनियनको कार्यकारी बैठकमा बोल्दै यस्तो बताएका हुन् । ‘मेरो विचारमा मध्य–दक्षिणपन्थीहरुको हाम्रो विश्वव्यापी गठबन्धनसामु विशाल संभावना छ,’ उनले भनेका छन्, ‘विखण्डन र छिटोछिटो परिवर्तन भइरहेको अहिलेको विश्वमा हामीसामु आफ्नो संगठनलाई अझ विस्तार गर्ने, संसारभरका अझै धेरै परम्परावादीहरुबीच सञ्जालसँग सहकार्य गर्नुपर्छ,’ थापाले भनेका छन्।
वक्तव्यमाथापाले विश्वभर तथाकथित कम्युनिष्ट र समाजवादीहरुको आमरुपमा ओरालो लागे पनि त्यो धारबाट उत्पन्न खतरा भने कायमै रहेको जिकिर गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।