काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा चुनाव चिह्न हलो राख्ने विषयमा सहमति जुटेको छ । एकीकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको हो ।
दुवै पक्षबीच एकता महाधिवेशन आगामी वैशाख तेस्रो साता गर्ने विषयमा सहमति जुटेको छ । आजै दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी भएको राप्रपा नेताहरूले बताएका छन् ।
राप्रपा अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाव चिह्न गाई छाडेर हलो राख्न बाध्य भएको बताएका छन् । यसअघि थापाले हिन्दु राष्ट्रको एजेन्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने दाबी गर्दै आएका थिए ।
मंगलबार ट्वीट गर्दै थापाले पार्टी एकता जोगाइराख्न सम्झौता अनिवार्य भएको भन्दै यसलाई सहज रुपमा लिइदिन आग्रह गरेका छन् । सोमबार राति पार्टी नेता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा ‘मिल्ने भए आज क्वाँ क्वाँ गरेर रुने थिएँ’ भनेर लेखेका थिए ।
राप्रपा संयुक्तका पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी कुनै पनि हालतमा गाई चुनाव चिन्ह स्विकार्ने पक्षमा थिएनन् । त्यसैले अन्तिम घडीमा कमल थापा ब्याक भएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।