आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

भीम रावलको ओलीलाई काउन्टर अट्याक, नेकपामा बबन्डर

भीम रावलको ओलीलाई काउन्टर अट्याक, नेकपामा बबन्डर

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 9.5K
    SHARES

  • भीम रावलको ओलीलाई काउन्टर अट्याक,  नेकपामा बबन्डर

    काठमाडौं - दुई राजदूत नियुक्ति सिफारिसको विषयलाई लिएर सत्तारुढ नेकपामा बबन्डर सुरु हुने संकेत देखिएको छ ।

    पार्टी निर्णय दुई सातामै प्रधानमन्त्री केपी ओलीले च्यातचुत पारिदिएपछि नेताहरू तीव्र असन्तुष्ट बनेका छन् । यही विषयका कारण नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्नसमेत चाहेका छैनन् ।

    दोस्रो तहका नेताहरू पनि ओलीसँग आक्रोशित भएका छन् । सधैं एउटै व्यक्तिलाई नियुक्ति र अवसर दिएको भन्दै कार्यकर्ता तहसम्म आक्रोश सुरु भएको छ ।

    यसैक्रममा नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले अन्तरपार्टी निर्णय उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ भन्दै प्रधानमन्त्री ओलीलाई त्यसो नगर्न चेतावनी दिएका छन् ।

    बिहीबार मन्त्रिपरिषद्को बैठकले डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि नियुक्त गर्ने सिफारिस गरेपछि रावलले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका हुन् ।

    ‘नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्केको बेला समस्या समाधान गर्न गत भदौ २६ गते नेकपा, स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी अपानि निर्णयहरूको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ।देश,जनता र पार्टीहितमा आघात पर्नसक्छ।

    जिम्मेवारहरूको ध्यान जाओस्,’ रावलले लेखेका छन् । सार्वजनिक रूपमै नेताहरूले प्रधानमन्त्रीको निर्णयमा आपत्ति जनाएपछि नेकपामा बबन्डर देखिने भएको हो । अझ कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतको आधिकारिक धारणा आएको छैन । पार्टी बैठकमै ओलीलाई र्याखर्याख्ती पार्ने रणनीतिमा उनीहरू रहेको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend