आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्यमन्त्री शंकर पोखरेलको बजेट ‘फेल’ हुने डरले लुम्बिनीमा एमालेको भागाभाग !

मुख्यमन्त्री शंकर पोखरेलको बजेट ‘फेल’ हुने डरले लुम्बिनीमा एमालेको भागाभाग !

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३१ २०७८

  • 7.2K
    SHARES

  • मुख्यमन्त्री शंकर पोखरेलको बजेट ‘फेल’ हुने डरले लुम्बिनीमा एमालेको भागाभाग !

    काठमाडौं – मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेट लुम्बिनी प्रदेशसभामा निर्णयार्थ पेश हुनै लागेका बेला नेकपा एमालेका सांसदको भागाभाग मच्चिएको छ ।

    प्रदेश सभामा बहुमत गुमाइसकेका मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले पेश गरेको बजेट ‘फेल’ हुने डरले एमाले सांसदको भागाभाग मच्चिएको हो ।

    बजेटमाथिको छलफलका क्रममा मुख्यमन्त्री पोखरेलले बोलिसकेपछि एमाले सांसदहरू प्रदेशसभाबाट बाहिरिएका छन् । मुख्यमन्त्रीसहित सत्तापक्ष बोलिसकेपछि एमाले सांसदहरू निहुँ खोजेर बाहिरिँदै बैठक बहिष्कार गरेका छन् ।

    बजेटका विषयमा सबै मन्त्री तथा मुख्यमन्त्रीले जवाफ दिइसकेपछि सभामुख पूर्णबहादुर घर्तीमगरले निर्णयार्थ पेश गर्ने तयारी गरेका थिए । तर एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बजेटका विषयमा थप छलफल गर्न सभामुखसँग समय मागेका थिए ।

    सभामुख घर्तीले विपक्षी गठबन्धनका नेताहरूलाई समय दिनसक्ने वा नसक्ने भनी आफ्नो धारणा राख्न समय दिएका थिए । कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया तथा माओवादी सचेतक तुलाराम घर्तीले थप समय नदिने भन्दै बिहीबारै प्रक्रियामा जान आग्रह गरेका थिए ।

    बैठकमा पर्याप्त बोलिसकेपछि पनि समय नपाएको निहुँमा एमाले सांसदहरू बैठकबाट भागेका छन् । त्यसपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । 

    मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा बहुमत गुमाइसकेका छन् । तसर्थ बजेट निर्णयार्थ पेश भएर मतदान भएमा ‘फेल’ हुने डरले एमाले सांसदहरूले प्रक्रिया अवरोध गर्न खोजेका विपक्षी सांसदको आरोप छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २१ २०७७०९:१९:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend