काठमाडौं - एमाले नेतृ रामकुमारी झाँक्रीले केपी ओली पक्षको जालझेलमा नपर्न वरिष्ठ नेता माधव कुमार नेपाललाई सुझाव दिएकी छन्।
नेतृ झाँक्रीले बिहीबार सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी रहेको भन्दै त्यसअगावै ओली पक्षको झालझेलमा पर्न नहुने उल्लेख गरेकी हुन्।
पार्टीको कार्यदलले विवाद सल्टाउन अन्तिम प्रयास गरिरहेको र ओली–नेपाल भेट भएर कुरा मिल्नै लागिरहेका बेला झाँक्रीले आफ्नो समूहलाई सचेत गराएकी छन्।
लोकतन्त्रको रक्षाका लागि संविधानलाई क्रियाशील गराउन संसद् पुनःस्थापना एउटा अनिवार्य सर्त भएको र त्यसकै लागि आफूहरूले एउटा प्रक्रियाको मात्र थालनी गरेको उनले उल्लेख गरेकी छन् ।
उनले यसमा झुक्किन नहुने बताएकी छन् । आजै एमाले कार्यदलको बैठक बस्ने सहमति भएको छ । पार्टी एकता कायम राख्न भन्दै ओली र नेपालको संयुक्त वक्तव्य निकाल्ने ओली पक्षको तयारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।