आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रभु साहलाई फसाउन दीपा कुँवरको यस्तो हर्कत

प्रभु साहलाई फसाउन दीपा कुँवरको यस्तो हर्कत

  • मिडिया डबली
  • मंगलवार, आषाढ २२ २०७८

  • 8.7K
    SHARES

  • प्रभु साहलाई फसाउन दीपा कुँवरको यस्तो हर्कत

    काठमाडौं - पूर्व मन्त्री प्रभु साहको राजनीतिक करियर सिध्याउन एक महिलाले निकै ठूलो षड्यन्त्र गरेको रहस्य खुलेको छ ।

    बाँसबारीकी दीपा केसी कुँवरले नेता साहले आफूलाई क्यानडा पठाइदिन्छु भन्दै २० लाख रुपैयाँ लिएको आरोप लगाउँदै निकै चर्चा बटुलेकी छन् । साहले ३० लाख लगेकोमा १० लाख फिर्ता दिएर बाँकी २० लाख अहिलेसम्म नदिएको दाबी गर्दै आएकी छन् ।

    सामान्यतः यसरी ठूला नेतालाई आरोप लगाईसकेपछि सत्यतथ्यको अनुसन्धानका लागि प्रहरीले मुद्दा चलाउने चलन छ । तर, प्रहरीले कुँवरमाथि ठूलै शक्तिकेन्द्रको दबाबमा कुनै अनुसन्धान नगरी ती महिलालाई हिरासतबाट मुक्त गरेको छ ।

    कुँवरको कनेक्सन राजनीतिक दलका नेतादेखि सरकारी कर्मचारी, सेना र प्रहरीका उच्च अधिकारीसँग रहेको बुझिएको छ । ती महिलाले पूर्वमन्त्री साहलाई पैसा दिएको आधार प्रमाण केही फेला परेको छैन । उनले साहलाई ब्ल्याकमेल गर्न खोजेको र पैसाका लागि बार्गेनिङ गरेको आशंका गरिएको छ । 

    उनले सोमबारै साहलाई हायल–कायल बनाएर पैसा असुल हुने वातावरण बनाउन चाहेकी थिईन । सोही योजनाअनुसार महिला अधिकारकर्मीहरुसहित साहको निवासमा पुगेकी उनले निकै होहल्ला गरिन् । उनको होहल्लाका कारण तेस्रो पक्षले प्रहरीलाई खवर गरेपछि यो विषय प्रहरीमा पुगेको हो । शक्तिकेन्द्रबाट ती महिलालाई छाड्न दबाब आएको बानेश्वर प्रहरी वृत्तका डिएसपी मिन लामाले संकेत गरे । 

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि कुँवरको कनेक्सन रहेको बुझिएको छ । दीपाको घरपरिवारमा हुने भोजभतेर, विवाह, पास्नीलगायतका कार्यक्रममा वावुरामको उपस्थिति देखिँदै आएको छ । साहमाथि पैसा लिएर फिर्ता नगरेको आरोप लगाउने महिलाको महाराजगञ्ज र वुढानिलकण्ठमा घर भएको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ६ २०७८१०:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend