आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

लुम्बिनी सरकारमा ठूलो विद्रोह, यी मन्त्रीले राजीनामा दिएपछि शंकर पोखरेललाई धक्का !

लुम्बिनी सरकारमा ठूलो विद्रोह, यी मन्त्रीले राजीनामा दिएपछि शंकर पोखरेललाई धक्का !

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १८ २०७८

  • 6.5K
    SHARES

  • लुम्बिनी सरकारमा ठूलो विद्रोह, यी मन्त्रीले राजीनामा दिएपछि शंकर पोखरेललाई धक्का !

    काठमाडौं – मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा विद्रोह मच्चिएको छ ।

    सरकारमा सहभागी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएपछि मुख्यन्त्री पोखरेल अल्पमतमा परेका छन् ।

    राज्यमन्त्री रायमाझीले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलसामु राजीनामापत्र बुझाएकी छन् ।

    राजीनामा पत्रमा उल्लेख छ, ‘तपाईं मुख्यमन्त्री रहेको प्रदेश सरकारमा म समेत मन्त्री भई कामकाजमा सहयोग गरी आएकोमा जनता समाजवादी पार्टी नेपालको तपाईं नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकाले मैले तपाईंको सरकारमा पार्टीको समर्थन र सहयोग विना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’

    rj.jpg

    राज्यमन्त्री पदबाट राजीनामा दिएसँगै रायमाझी पार्टीको उपेन्द्र यादव पक्षमा फर्किएकी नेता मोहम्मद इश्तियाक राईले दाबी गरेका छन् ।

    राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मा. राज्यमन्त्री सुमन शर्मा रायमाझीद्वारा मन्त्री पदबाट राजीनामा दिई अग्रगमनको पक्षमा लागि पार्टी मूलधारमा रहने घोषणा ।’

    राज्यमन्त्रीको राजीनामासँगै शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार प्रदेश सभामा अल्पमतमा रहेको छ । कूल ८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ३८ सदस्य रहेका छन् । 

    राज्यमन्त्री रायमाझीसहित जसपाका ४ सांसदको समर्थनमा ४२ सांसद जुटाएर मुख्यमन्त्री पोखरेलले बहुमत पुर्‍याएका भएपनि अब बहुमत गुमेको छ । अब मुख्यमन्त्री पोखरेलको समर्थनमा ४१ सांसद मात्र रहने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २१ २०७७०९:१९:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend