आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

बजेटबारे छलफल गर्न नसकेपछि मुख्यमन्त्री शंकर पोखरेलको चुरीफुरी समाप्त

बजेटबारे छलफल गर्न नसकेपछि मुख्यमन्त्री शंकर पोखरेलको चुरीफुरी समाप्त

  • मिडिया डबली
  • बिहिवार, आषाढ १७ २०७८

  • 6.1K
    SHARES

  • बजेटबारे छलफल गर्न नसकेपछि मुख्यमन्त्री शंकर पोखरेलको चुरीफुरी समाप्त

    काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफूलाई खुबै बाठो र चतुर नेता भनी टोपल्छन् । हरेक दिन सामाजिक सञ्जालमा एमालेका शीर्ष नेताहरूलाई अर्ती उपदेश दिने गर्छन् ।

    आफ्नो प्रदेशका जनता कोरोना र बाढीले प्रभावित भइरहँदा पनि उनी केपी ओलीको कुर्सी जोगाउन काठमाडौंमै बस्ने गर्थे । एमालेमा देखिएको विवादले ओलीको पद गुम्ने खतरा भएपछि उनी माधव नेपाललाई सत्तोश्राप गरिरहेका छन् ।

    प्रदेशमा छलकपट गरी प्राविधिक रूपले मुख्यमन्त्रीको कुर्सीमा बस्न सफल पोखरेल केही दिनयता सामाजिक सञ्जालमा देखिन छाडेका छन् । लुम्बिनी प्रदेशमा सार्वजनिक गरिएको बजेटमाथि प्रदेश सभामा छलफल नै गराउन नसकेपछि उनले सामाजिक सञ्जालमा मुख देखाउन नसकेका हुन् ।

    आगामी वर्षको बजेट प्रदेश सभामा पेस भएको दुई साता बितिसक्दा पनि छलफल हुन सकेको छैन । आर्थिक वर्ष सकिने केही दिन मात्र बाँकी रहँदासमेत प्रदेश सभामा बजेटमाथि छलफल गराउन उनी असफल भएका हुन् ।

    असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोडको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए । तर त्यसयता बजेटबारे छलफल हुन सकेको छैन ।

    विपक्षी दलहरुले सरकारको वैधानिकतामाथि प्रश्न गरिरहेका बेला बहुमतले नीति तथा कार्यक्रम पास गरेपछि बजेट ल्याउन सरकारलाई बाटो खुलेको थियो । तर विपक्षी दलहरुले बजेट छलफल अवरोध गरेका छन् ।

    असार ७ गते विनियोजन विधेयक प्रदेश सभामा पेस गर्ने कार्यसूची थियो । सो बैठकमा कांग्रेस संसदीय दलका वीरेन्द्र कनौडियाले धारणा राख्दै प्रदेश सभा बहिस्कार गर्ने निर्णय भएको घोषणा गरेपछि पोखरेल नैतिक संकटमा परेका हुन् ।

    त्यसपछि सरकारले बजेट विधेयक सदनमा प्रस्तुत गर्नसमेत पाएन । दलहरुबीच सहमति जुट्न नसकेपछि सभाुमख पूर्णबहादुर घर्तीले २७ गते बैठक बस्ने गरी सूचना टाँसेर स्थगित गरेका थिए ।

    विपक्षी दलहरुले सरकारले चुनाव केन्द्रीत बजेट ल्याएकाले विरोध गरेको प्रतिक्रिया दिएका छन् । पोखरेललाई अहिले प्रदेशका कुनै पनि दलले विश्वास गर्नै छाडेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend