नयाँ दिल्ली - भारत सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन ग्यासको अभाव नरहेको भन्दै न्यायसंगत रुपमा प्रयोग गर्नुपर्ने बताएको छ ।
कोरोना भाइरसको दोस्रो लहर जारी रहेको बेला भारत सरकारले अक्सिजनको न्यायसंगत प्रयोग गर्दा अक्सिजन ग्यासको अभाव नहुने बताएको हो ।
कोरोना भाइरस बिरामीहरुका लागि अस्पतालहरुमा आवश्यक अक्सिजन ग्यासहरु आपुर्ति गरेको भन्दै अस्पतालहरुले न्यायसंगत रुपमा अक्सिजन प्रयोग गर्न सरकारले आग्रह गरेको हो ।
बिरामीहरुका लागि अक्सिजन उत्पादन र आपुर्तिका लागि सरकारले सबै पहल गरिरहेको गृह मन्त्रालयका सह सचिव पीयुष गोयलले बताएका छन् । कोरोना माहामारीमा सरकारको पहलको सकारात्मक परिणाम आएको पनि उनले बताए ।
अक्सिजन ग्यासको अभाव बारे तनाब नलिन सरकारको तर्फबाट सचिव गोयलले नागरिकहरुलाई आग्रह गरेका छन् । अक्सिजन ग्यास पर्याप्त मात्रामा अस्पतालहरुमा आपुर्ति गरिरहेको उनले बताए ।
कोरोना भाइरसको दोस्रो लहर बिरुद्ध सरकारको काम कारबाहीबारे रिपोर्टरहरुसँग कुरा गर्दै गोयलले यस्तो बताएका हुन् ।
स्रोत : द इकोनोमिक टाईम्स
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।