आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारको 'स्मार्ट लकडाउन' : काम गर्न नपाइने, कर तिर्न पाइने !

ओली सरकारको 'स्मार्ट लकडाउन' : काम गर्न नपाइने, कर तिर्न पाइने !

  • मिडिया डबली
  • आइतवार, आषाढ ६ २०७८

  • 12.5K
    SHARES

  • ओली सरकारको 'स्मार्ट लकडाउन' : काम गर्न नपाइने, कर तिर्न पाइने !

    काठमाडौं - काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लगाउने विषयमा निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरूको बैठक आज बस्दैछ । उपत्यकामा भोलि रातिदेखि निषेधाज्ञाको म्याद सकिने भएकाले आजै कस्तो किसिमको लकडाउन गर्ने भन्ने निर्णय हुने बताइएको छ ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को हालै सम्पन्न बैठकले असार ७ गतेदेखि ‘स्मार्ट लकडाउन’ लागू गर्ने सुझाव दिएको थियो । सोहीअनुसार मंगलबारबाट उपत्यकामा स्मार्ट लकडाउन कार्यान्वयनमा आउने भएको छ । तर, स्मार्ट लकडाउन लागू भए पनि काम गरेर खान भने पाइने छैन । पसल, अफिस, व्यवसाय निश्चित समयका लागि तोकेर खोलिने भएको छ । 

    झन्डै दुई महिने निषेधाज्ञाले दिनभरि काम गरेर राति पेट पाल्नुपर्ने श्रमिक मजदुर मारमा परेका छन् । सानातिना व्यवसाय गरेर खानेको अवस्था नाजुक बनेको छ । काठमाडौं उपत्यकामा होटल, पसल बन्द गरेर धेरै मानिस विस्थापित भइसकेका छन् । त्यस विषयमा कम्युनिस्ट सरकारले कुनै निर्णय गरेको छैन । राहतको प्याकेज ल्याएको छैन ।

    तर, अहिले कार्यान्वयनमा आउन लागेको स्मार्ट लकडाउन भने काम गर्न नपाइने, कर तिर्न पाइने गरी लागू हुने भएको छ ।

    सरकारले असार मसान्तसम्म कर उठाउनकै लागि स्मार्ट लकडाउनको अवधारणा ल्याएको हो । अघिल्लो वर्षमा पनि असारमा कर उठाउन लकडाउन खुकुलो पारिएको थियो ।

    अहिले पनि नाम परिवर्तन गरेर ओली सरकारले स्मार्ट लकडाउन लागू गर्न खोजेको हो । सरकारले जनतालाई खोप किनेर लगाउन नसके पनि जनताको ढाडै सेक्ने गरी कर भने उठाउने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend