काठमाडौं – पार्टीमा विवाद चर्किएर समाधान हुन नसकिरहेका बेला नेकपा एमालेले कर्णाली प्रदेश सरकारमा सहभागी ३ मन्त्रीलाई तत्काल फिर्ता गराउने निर्णय गरेको छ ।
शुक्रबार बसेको कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी ३ मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको हो ।
सरकारमा सहभागी एमाले सांसद अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई तत्काल फिर्ता बोलाउने निर्णय भएको एमाले संसदीय दलका नेता यामलाल कँडेलले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि तीनै जना प्रदेश सरकारमा सहभागी भएका छन् ।
नेता माधवकुमार नेपाल पक्षका यी सांसदहरूलाई एमालेले कारबाही गरेपछि पदमुक्त गरिएको थियो । तर सर्वोच्च अदालतको अन्तरिम आदेशबाट ३ मन्त्रीसहित ४ सांसदको पुनर्बहाली भएको छ ।
एमालेले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि पार्टीभित्रको विवाद फेरि बल्झिने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।