काठमाडौं - कर्णाली प्रदेशमा सांसदहरुले नै सरकारी सम्पत्तिमाथि दोहन गरेका छन्। प्रदेशका सांसद यमलाल कँडेललाई प्रदेश सभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद भन्दा पनि धेरै लाग्ने भएको छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन, दासढुंगा नजिकै दुर्घटना भएको थियो । दुर्घटनापछि मर्मतका लागि भैरहवास्थित समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको थियो । गाडी मर्मतका लागि ५८ लाख रुपैयाँ भन्दा बढी अनुमानित खर्च विवरण प्रदेश सभा सचिवालयमा पेश गरिएको छ ।
समृद्धि इन्टरप्राइजेजले गाडी मर्मतका लागि ५८ लाख ६९ हजारको अनुमानित खर्च विवरण पेश गरेको हो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङका अनुसार यो गाडी २०७५ असारमा ४९ लाख ४९ हजारमा खरिद गरिएको थियो । ‘संसद सचिवालयले यान्त्रिक कार्यालयमार्फत यसको प्राविधिक जाँच गर्ने भएकाे छ।
अनुमानित खर्च निकै धेरै पेश भएकाले गाडी मर्मत प्रक्रिया अगाडि नबढाएको संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । बिमा कम्पनीले भने गाडी मर्मत गर्न इन्जिनयर पठाएको जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।