आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपा विवाद – कर्णाली सरकारमा ओली समूहलाई बाई बाई !

नेकपा विवाद – कर्णाली सरकारमा ओली समूहलाई बाई बाई !

  • मिडिया डबली
  • सोमवार, पौष २० २०७७

  • 6.4K
    SHARES

  • नेकपा विवाद – कर्णाली सरकारमा ओली समूहलाई बाई बाई !

    काठमाडौं – सत्तारुढ नेकपाको विभाजन पछि त्यसको असर प्रदेश सरकारमा पनि परिरहेको छ। केपी ओली समूह र प्रचण्ड–माधव नेपाल समूहको टकरावले पार्टी विभाजन मात्रै भएन प्रतिनिधिसभा पनि विघटन गरेका ओलीले प्रदेश सभामा पनि आफ्नो बहुमत नभएको खण्डमा विघटनको तयारी ओलीको छ।

    कर्णाली प्रदेशमा आफू निकटका मुख्यमन्त्री नभएको कारणले ओली समूह अल्पमतमा परेको छ। नेकपाको ओली समूहका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा लागेको अर्थमन्त्री प्रकाश ज्वालाले दाबी गरेका छन् ।

    ज्वालाका अनुसार पदम रोकाया भने एक हप्ताअघि नै प्रचण्ड–नेपाल समूहमा प्रवेश गरिसकेका थिए । यससँगै कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित ११ जना तथा प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् । ओली समूहका तीनजना प्रचण्ड–नेपाल समूहमा लागेसँगै मुख्यमन्त्री शाहीको सरकार सुरक्षित भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख १६ २०७८११:२७:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend