आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस युवा नेताको इलाममा परोपकारी काम, कोभिड महामारीमा खुलेर सहयोग

कांग्रेस युवा नेताको इलाममा परोपकारी काम, कोभिड महामारीमा खुलेर सहयोग

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ४ २०७८

  • 7.9K
    SHARES

  • कांग्रेस युवा नेताको इलाममा परोपकारी काम, कोभिड महामारीमा खुलेर सहयोग

    काठमाडौं - नेपाली कांग्रेस इलामका युवा नेता डम्बर खड्का राजनीतिकर्मीका साथै समाजसेवीका रूपमा धेरै प्रख्यात छ । इलामको विकास र इलामेलीको सुख–दुःखका सहयोगी खड्काले कोभिड महामारीका बेला पनि उल्लेख्य सहयोग गरेका छन् ।

    नेता खड्काले चुलाचुली गाउँपालिकामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । कोभिड संक्रमित बढिरहेको समयमा बिरामीलाई अस्पतालसम्म पुर्याउन आफ्नै खर्चमा एम्बुलेन्स सञ्चालनमा ल्याएका हुन् ।

    नेपाली कांग्रेस चुलाचुली गाउँपालिका कार्यसमितिको मातहतमा रहने गरी ना१ज ६५६९ नम्बरको बोलेरो गाडी उनले प्रदान गरेका हुन् । बुधबार एक कार्यक्रमका बीच खड्काले चुलाचुली गाउँपालिकाको कांग्रेस पार्टी कार्यलयमा बोलेरो गाडीसँगै दुई थान अक्सिमिटर, पिपिई सेट चार थान, स्यानिटाईजर १० बोतल, मास्क दुई हजार थानलगायतका स्वास्थ्य सामग्री प्रदान गरे ।

    चुलाचुलीका नागरिकलाई हरेक दुःखसुखमा साथ सहयोग गर्दै आएका नेता खड्काले गत बर्षको महामारीमा समेत चुलाचुली गाउँपालिकामार्फत पिपिई सेट, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

    खड्काले इलामको माङसेबुङ गाउँपालिकामा १८ सय थान मास्क, स्यानिटाइजर दुई ग्यालेन (१० लिटर), बाफ लिने बेन्स दुई सेट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सुवेदीलाई हस्तान्तरण गरेका थिए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १७ २०७७०८:५७:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend