आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
आजको विशेष

शपथ खाएको केही दिनमै सफेद झूट बोलेर बदनाम भए ओली सरकारका यी मन्त्री

शपथ खाएको केही दिनमै सफेद झूट बोलेर बदनाम भए ओली सरकारका यी मन्त्री

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३ २०७८

  • 17.4K
    SHARES

  • शपथ खाएको केही दिनमै सफेद झूट बोलेर बदनाम भए ओली सरकारका यी मन्त्री

    काठमाडौं -  शेरबहादुर तामाङ एमाले नेता मात्र होइन, उनी सरकारका जिम्मेवार मन्त्री पनि हुन् । कोभिड महामारीका बेला उनलाई स्वास्थ्यमन्त्री बनाइएको छ ।

    तर, त्यस्तो पदमा आसीन व्यक्तिले नै सफेद झुट बोले भने अरुको के विश्वास गर्ने । सरकारका जिम्मेवार मन्त्रीले नै गलत सूचना दिँदा सर्वसाधारणमा भ्रम परेको छ ।

    बुधबार बिहान स्वास्थ्यमन्त्री तामाङले फेसबुकमा ‘मेलम्ची बाढीपहिरोमा ५० औं जना बेपत्ता भएको, धेरै पक्की पुलहरु बाढीले बगाएको’ लेखेका थिए । तर, उनले लेखेका सबै गलत ठहरिएको छ ।

    धेरै सञ्चारमाध्यमले तामाङले लेखेको स्टाटसलाई आधार मान्दै मेलम्ची पहिरोमा ५० जनाभन्दा बढी बेपत्ता भनेर समाचारसमेत बनाए । त्यतिबेलासम्म हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका मेलम्ची–इन्द्रावती नदी करिडोरमा के कति बेपत्ता र मृतक भन्ने थाहा हुन सकेको थिएन।

    तर मन्त्री तामाङले बाढी जाँदै गर्दा बेपत्ता भएकाहरुको संख्या नै उल्लेख गरे । अझ ५० औं भनेर लेखे । यसले विपत्तमा परेकाका आफन्तहरुमा अझ त्रास फैलाएको थियो ।

    साँझसम्म जिल्ला प्रशासनले जारी गरेको सूचनामा २० बेपत्ता र एकको मृत्यु भएको उल्लेख छ । मन्त्रीले भनेका ५० औं संख्या त्यहाँ उल्लेख छैन ।

    मन्त्री तामाङले बेपत्ताको संख्या मात्रै बढाएनन् । भौतिक संरचना ध्वस्तमा पनि त्यतिकै बढावा दिएर लेखे । उनले बाहुनेपाटीको पुल बाढीले बगाएको उल्लेख गरेका थिए ।

    जबकि बाहुनेपाटीको पुलबाट आवतजावत भइरहेको छ । उक्त पुलमा बाढीले कुनै क्षति गरेको छैन । बुधबार दिउँसो मन्त्री तामाङ आफैं हेलिकोप्टरमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्केका थिए ।

    sherbahadurtamang.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ ११ २०७८०१:०८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend