सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

पदमुक्त भएका १३ दिने मन्त्रीले समेत निकाल्न थाले कार्यप्रगति विवरण, पदकै बेइज्जत

पदमुक्त भएका १३ दिने मन्त्रीले समेत निकाल्न थाले कार्यप्रगति विवरण, पदकै बेइज्जत

  • मिडिया डबली
  • बिहिवार, आषाढ १० २०७८

  • 5.7K
    SHARES

  • पदमुक्त भएका १३ दिने मन्त्रीले समेत निकाल्न थाले कार्यप्रगति विवरण, पदकै बेइज्जत

    काठमाडौं - कम्युनिस्टहरू प्रचारका कति भोका हुन्छन् केपी ओलीलाई हेर्दा थाहा हुन्छ । उनले आफ्नो नाम लेखाउन कोरोना महामारीका बेला पनि शिलान्यास र उदघाटन गर्न छाडेनन् ।

    जनता महामारीले धमाधम मरिरहँदा ओली भने तामझामका साथ शिलान्यास र उदघाटन गर्न लागिरहे । जसले गर्दा अहिले देशभर संक्रमण फैलिरहेको छ ।

    प्रधानमन्त्री ओलीकै शैली उनका मन्त्रीहरूले पनि अनुशरण गर्न छाडेनन् । उनीहरू यस मामिलामा ओलीभन्दा पनि अगाडि निस्के । हुँदै नभएका कामसमेत आफूले गरेको भनेर प्रशंसा थाप्ने होडबाजीमा लागे ।

    बहालवाला मन्त्री भएका बेला आफूले यस्तो यस्तो प्रगति गरें भनेर सार्वजनिक गर्नु ठूलो कुरा होइन । यहाँ त सर्वोच्च अदालतले पदमुक्त गरेका निवर्तमान मन्त्री जो १९ र १३ दिन मात्र कुर्सीमा बसे । तिनीहरूले पनि फेसबुकमा ४ बुँदे, ६ बुँदे, १३ बुँदे कार्यप्रगति सार्वजनिक गरेर दुनियाँ हँसाएका छन् ।

    यसको सुरुवात गर्ने पहिलो पदमुक्त मन्त्री हुन् शेरबहादुर तामाङ । माधव नेपाल गुटबाट ओली गुटमा लागेकैले उनलाई स्वास्थ्यमन्त्री बनाइयो । जम्मा १९ दिन स्वास्थ्यमन्त्री बनेका तामाङले चारबुँदे कार्यप्रगति सार्वजनिक गरे । जसमा सम्पूर्ण नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने, कोरोना उपचार खर्च निःशुल्क गर्ने आफैंले गरेको भनेर प्रशस्ती गाए ।

    त्यसपछि उनकै सिको गरेर माधव गुट छाडेर ओली गुटमा लागेका सिन्धुलीका गणेश पहाडीले पनि १३ बुँदे प्रशस्ती गान गाए । उनले १३ दिन सामान्य प्रशासनमन्त्री बन्दा १३ वटा काम गरेको दाबी गरे । तर, १३ दिनमा बधाई र सम्मान थाप्दाथाप्दै बितेको मन्त्रीले त्यस्तो उल्लेख्य काम गरे होलान् भनेर जनता नै पत्याउन तयार छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend