आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चर्काे आलोचनापछि आत्तिएर पृथ्वीसुब्बा गुरुङले गरे यस्तो घोषणा

चर्काे आलोचनापछि आत्तिएर पृथ्वीसुब्बा गुरुङले गरे यस्तो घोषणा

  • मिडिया डबली
  • सोमवार, जेठ ३१ २०७८

  • 5.8K
    SHARES

  • चर्काे आलोचनापछि आत्तिएर पृथ्वीसुब्बा गुरुङले गरे यस्तो घोषणा

    काठमाडौं – गण्डकी प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि विश्वासको मत गुमाएका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्व मुख्यमन्त्रीको हैसियतमा सरकारबाटै कुनै सेवासुविधा नलिने घोषणा गरेका छन् ।

    नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट पूर्व मुख्यमन्त्रीलाई सेवासुविधा दिन ऐन बनाउने निर्णय भएपछि नेताहरूको चर्काे आलोचना भएको थियो । गुरुङ नेपालमै पहिलो पूर्व मुख्यमन्त्री हुन् ।

    सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्काे आलोचना भएपछि पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्व मुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने जनाएका छन् ।

    गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले पूर्व मुख्यमन्त्री हैसियतले गुरुङले कुनै पनि सुविधा लिने एकरत्ति पनि इच्छा नराखेको र सुविधा नलिने जनाएका छन् ।

    मन्त्रिपरिषद् बैठकले गरेको निर्णय पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने कानून बनाउने समाचारबाट धेरैमा भ्रम पर्न गएको जनाउँदै प्रेस सल्लाहकार न्यौपानेले गुरुङले सुविधा नलिने प्रस्ट पारेका छन् ।

    प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने र नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एक मात्रै चाहना गुरुङको रहेको जनाइएको छ ।

    पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने प्रदेश सरकारको निर्णयको नेपाली कांग्रेसभित्रै विरोध भएको छ । गण्डकी प्रदेशका विभिन्न ८ जिल्लाका कांग्रेस सभापतिले सोमबार मुख्यमत्री पोखरेललाई भेटेर सरकारको निर्णयबारे ध्यानाकर्षण गराएका हुन् । 

    पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने निर्णयप्रति जिल्ला सभापतिहरूले ध्यानाकर्षण गराएपछि मुख्यमन्त्री पोखरेलले सुविधा दिने भनिएपनि के कस्तो दिने भन्नेबारे कुनै निर्णय नभएको जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १३ २०७८१०:३१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend