आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्यमन्त्रीको कडा ‘एक्सन’ : अविश्वास प्रस्ताव तयार हुँदै गर्दा प्रदेशसभा अधिवेशन अन्त्य 

मुख्यमन्त्रीको कडा ‘एक्सन’ : अविश्वास प्रस्ताव तयार हुँदै गर्दा प्रदेशसभा अधिवेशन अन्त्य 

  • मिडिया डबली
  • बिहिवार, बैशाख २ २०७८

  • 5.1K
    SHARES

  • मुख्यमन्त्रीको कडा ‘एक्सन’ : अविश्वास प्रस्ताव तयार हुँदै गर्दा प्रदेशसभा अधिवेशन अन्त्य 

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित ३ दल मिलेर नेकपा एमालेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव तयार गर्नै लाग्दा प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ ।

    मुख्यमन्त्री गुरुङविरुद्ध विपक्षीले अविश्वास प्रस्ताव दर्ता गर्नुअघि नै अधिवेशन अन्त्य गरिएको छ ।

    मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले हिजो बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गरेको जानकारी दिए ।

    मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो) एकमत भएर अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका छन् ।

    नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी र जसपाबीच सैद्धान्तिक सहमति जुटेपछि गण्डकी प्रदेशमा कांग्रेसको दौडधुप तीब्र भएको छ । गण्डकीमा नयाँ सरकारको गठजोड तीब्र भइरहँदा ३ दल कांग्रेस, माओवादी र जसपाको बैठक बस्दैछ ।

    सरकारमा सहभागी हुने दुबै दलहरूसँगको भेटघाटबाट मन्त्रालय र अन्य राजनीतिक नियुक्तिको भागबण्डाका विषयमा सहमति जुट्ने स्रोतले जनाएको छ । दलहरूले आफ्ना सबै सांसदलाई पोखरामा उपलब्ध हुन निर्देशन समेत दिइसकेका छन् ।

    मुख्यमन्त्रीबाहेक प्रदेश सरकारमा ६ वटा मन्त्रालय रहेका छन् । यीमध्ये भौतिक पूर्वाधार विकास र आर्थिक मामिला मन्त्रालयलाई आकर्षक मानिन्छ । विगतमा सत्ता साझेदार दल माओवादी केन्द्र भए पनि दुबै मन्त्रालय एमालेले राखेको थियो ।

    माओवादीको भागमा भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानून मन्त्रालय रहेका थिए तर चैत २५ गते माओवादीले मन्त्रीलाई फिर्ता बोलाएपछि नयाँ सरकार गठनको सम्भावना खोजिएको छ ।

    गण्डकीमा निर्णायक मानिएको ३ सिटे भएको जनमोर्चाले नयाँ सरकारलाई सघाउने संकेत गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

    अब गण्डकीमा कांग्रेस, माओवादी र जसपाको त्रिशंकु सरकार बन्ने भएको छ । नयाँ बन्ने सरकारमा  कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने निश्चित भइसकेको स्रोतले जानकारी दिएको छ ।

    सरकारमा मन्त्रालय र मन्त्रीको भागबण्डा मिलेको हकमा बिहीबार नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव एमाले बाहेकका अन्य दलले प्रदेशसभा सचिवालयमा दर्ता गराउने तयारी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १४ २०७८१२:११:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend