आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको प्रवक्ता बन्न खोज्दै यी कम्युनिस्ट मुख्यमन्त्री !

कांग्रेसको प्रवक्ता बन्न खोज्दै यी कम्युनिस्ट मुख्यमन्त्री !

  • मिडिया डबली
  • सोमवार, माघ २६ २०७७

  • 13.0K
    SHARES

  • कांग्रेसको प्रवक्ता बन्न खोज्दै यी कम्युनिस्ट मुख्यमन्त्री !

    काठमाडौं – प्रदेशका मुख्यमन्त्रीको काम प्रदेशको विकास र सुशासन कायम गर्नु हुनुपर्ने हो । मुख्यमन्त्रीको ध्यान पनि यसमै लाग्नुपर्ने हो ।

    तर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने नेपाली कांग्रेसको प्रवक्ता जस्तो बन्दै कांग्रेसको धारणा सार्वजनिक गर्न थालेका छन् ।

    सोमबार तनहुँको भानु नगरपालिका पुरनडिहीस्थित नगर अस्पतालको भवन शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कांग्रेसले बाहिर विरोध गरे पनि भित्र चुनावको तयारी गरिरहेको दाबी गरे । तर कांग्रेसले घोषित रूपमै केन्द्रीय कमिटीबाट प्रतिनिधिसभा संसद विघटन र चुनाव घोषणाको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक घोषणा गरेको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कदमविरुद्ध चरणवद्ध आन्दोलन समेत गरिरहेको छ ।

    तर मुख्यमन्त्री गुरुङले भने प्रधानमन्त्रीको कदम असंवैधानिक भने पनि कांग्रेसले चुनावको तयारीका लागि नै वडास्तरसम्म कार्यक्रम गरेको दाबी गरेका छन् ।

    ‘सरकारले चुनाव गराउँछु भन्दा चाहिँदैन भन्ने प्रतिपक्ष पनि कहीँ हुन्छ ? कांग्रेसले समस्या पर्छ भनेर प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक हो भने पनि क्षेत्र, पालिका र वडास्तरसम्म सभा गरेर चुनावको तयारी गरिरहेको छ,’ मुख्यमन्त्री गुरुङले दाबी गरे ।

    नेपाली कांग्रेसको भरमा परेर प्रधानमन्त्रीको विरोधमा नजान पनि गुरुङले नेकपाको प्रचण्ड–नेपाल पक्षलाई सुझाव दिएका छन् । ‘कांग्रेस तपाईंको पक्षमा हुँदैन,’ गुरुङले भने, ‘कांग्रेस न्यायालयको फैसलाको पक्षमा रहेको छ । उसको भर परेर नबस्नुस् ।’

    गुरुङले विपक्षीले अविश्वासको प्रस्ताव नगरे पनि सत्तापक्षकै नेताबाट ६४ प्रतिशत मत प्राप्त दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव आएपछि बाध्य भएर जनतामाझ गएको जिकिर गर्दै चुनाव घोषणा गलत नभएको बताएका छन् ।

    ‘पदको बार्गेनिङ र सौदाबाजी गर्दिनँ भनेर प्रधानमन्त्री जनतामा जानुभएको छ,’ उनले भने, ‘लोकतन्त्रमा जनतामा जान्छु भन्नुलाई कसरी गलत भन्न सकिन्छ ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend