सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गोदावरीका स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सामग्री वितरण

गोदावरीका स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सामग्री वितरण

  • मिडिया डबली
  • सोमवार, जेठ ३१ २०७८

  • 5.2K
    SHARES

  • गोदावरीका स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सामग्री वितरण

    काठमाडौं – ललितपुरको गोदावरी नगरपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाका अध्यक्ष मिलन सिलवालको समन्वयमा डोली इन्टरमेड इन्टरनेसनल यूएसएका प्रतिनिधि तथा युवा समाजसेजी कल्याण सिलवालले सोमवार मेयर गजेन्द्र महर्जनलाई स्वास्थ सामग्री हस्तान्तरण गरेका छन् ।

    स्वास्थ सामग्री गोदावरी नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई वितरण गरिएको छ ।

    स्वास्थ सामग्रीमा जरो नाप्ने थर्मल गन, अक्सिमिटर, स्यानिटाइजर, मास्क, फेस शिल्ड, ग्लोभ्स लगायत ३ लाख रुपैयाँ बराबरको स्वास्थ सामग्री वितरण गरिएको जनाइएको छ । 

    युवा समाजसेवी सिलवालले चापागाउँको बज्रबाराही अस्पताल लेले प्राथमिक स्वास्थ केन्द्र, देवीचौर हेल्थपोस्ट लगायतमा थुप्रै स्वास्थ्य सामग्री वितरण गरिसकेका छन् ।

    सोमवारको स्वास्थ सामग्री वितरण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जन, उपमेयर मुना अधिकारी, गोदावरी नगरपालिका प्रवक्ता तथा वडाध्यक्ष मिलन सिलवाल, नेपाली कांग्रेसका गोदावरी नगर सभापति सुरज श्रेष्ठको उपस्थिति रहेको थियो ।

    युवा नेता महर्जन र प्रवक्ता सिलवालले अन्य ठाउँमा स्वास्थ सामग्री वितरणका लागि डोली इन्टरमेड इन्टरनेसनल यूएसएका प्रतिनिधि सिलवालसँग समन्वय गर्दै आइरहेका छन् ।

    199768339_323011516107368_8085916896651612010_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ५ २०७७०२:४५:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend