आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतको यस्तो आदेश, पढ्नुहोस् ...

मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतको यस्तो आदेश, पढ्नुहोस् ...

  • मिडिया डबली
  • आइतवार, जेठ ३० २०७८

  • 5.8K
    SHARES

  • मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतको यस्तो आदेश, पढ्नुहोस् ...

    काठमाडौं – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दा मनपरी गरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिन आदेश भएको छ ।

    आज आईतवार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सुदूरपश्चिम प्रदेश सरकारको कार्यालय सहितका विपक्षीबाट लिखित जवाफ मागेको छ ।

    नेपालको संविधानमा मन्त्रिपरिषद् सदस्यको संख्या प्रदेशसभा सदस्य संख्याको २० प्रतिशत नबढ्ने गरी बनाउन पाइने व्यवस्था रहेकोमा त्यसविपरीत मन्त्रिपरिषद् विस्तार गरिएको निवेदकको दाबी छ ।

    सुदूरपश्चिममा ५२ सदस्यीय प्रदेशसभा रहेकोमा ११ सदस्यीय मन्त्रिपरिषद बनाउनु संविधानको धारा १६८ विपरीत हुने भन्दै अधिवक्ता कमलसिंह राना, अपेक्षा निरौला र सुरेश रोकायाले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

    सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना प्रदेशसभा सदस्य रहेका छन् । जसअनुसार मन्त्रिपरिषद् १० सदस्यीय मात्र हुनसक्ने रिट निवेदकको दाबी रहेको छ । 

    हाल प्रदेश सरकारमा मुख्यमन्त्री, ६ जना मन्त्री र ४ जना राज्यमन्त्री रहेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेश सम्बन्धी छलफलका लागि दुवै पक्षलाई आगामी असार ६ गते बोलाउन आदेश गरेको छ ।

    tc.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend