काठमाडौं - नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले स्वास्थ्य कार्यालय ओखलढुंगालाई अक्सिजन सिलिन्डर पठाएका छन् ।
कोरोना रोकथाम र नियन्त्रणमा फ्रन्टलाइनमै खटिएका नेता खतिवडाले आइतबार रुम्जाटारस्थित स्वास्थ्य कार्यालयलाई ६ थान अक्सिजन सिलिन्डर पठाएका हुन् ।
उनले काठमाडौंबाटै व्यक्तिगत खर्चमा अक्सिजन सिलिन्डर पठाएका हुन् । सिलिन्डरसँगै उनले अन्य स्वास्थ्य सामग्री पनि पठाएका छन् । नेता खतिवडाकै सक्रियतामा ओखलढुंगामा कोरोना परीक्षण गर्न पिसिआर मेसिन पनि खरिद भई स्थापना भइसकेको छ ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग पुगेर जिल्लामा स्वास्थ्य सामग्री लैजान, पिसिआर मेसिन पठाउन ताकेता गर्दै आएका खतिवडाले व्यक्तिगत रूपमा पनि लाखौं मूल्यका स्वास्थ्य सामग्री ओखलढुंगा लगिरहेका छन् ।
यसअघि उनले खिजिदेम्बा गाउँपालिका अध्यक्ष वेदबहादुर रोक्कालाई गाउँपालिकाका नौ वडामा नौ हजार मास्क र ४५ लिटर स्यानिटाइजर हस्तान्तरण गरेका थिए। ती सबै सामग्री उनले काठमाडौंबाट लिएर गएका हुन् ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।