आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शंकर पोखरेललाई आइलाग्यो आपत् ! सांसदहरूलाई यस्तो निर्देशन

शंकर पोखरेललाई आइलाग्यो आपत् ! सांसदहरूलाई यस्तो निर्देशन

  • मिडिया डबली
  • आइतवार, जेठ ३० २०७८

  • 7.4K
    SHARES

  • शंकर पोखरेललाई आइलाग्यो आपत् ! सांसदहरूलाई यस्तो निर्देशन

    काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आपत पर्ने गरी जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रमको विपक्षमा उभिन निर्देशन (ह्वीप) लगाएको छ ।

    सांसदहरू सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जसपाले निर्देशन जारी गरेको छ ।

    यी सांसदहरु जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका रहेका छन् । यी चारै सांसद मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री समेत छन् ।

    सरकारमा सहभागी भएपछि जसपाले कारवाही गरेपनि सर्वाेच्च अदालतको अन्तरिम आदेशबाट पद पुनर्बहाली भएको थियो ।

    संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न निर्देशन जारी गरिएको प्रमुख सचेतक पुर्मति ढेंगा मगरले जानकारी दिइन् ।

    लुम्बिनीमा जसपाका ६ जना सांसदमध्ये ४ जना महन्थ–राजेन्द्र पक्षमा छन् छन् भने २ सांसद बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका रहेका छन् ।

    hw.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २१ २०७७०९:१९:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend