काठमाडौं – निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सभामा विश्वासको मत नपाएर पदमुत्तः भएपनि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नयाँ मुख्यमन्त्री बनेका छन् ।
गुरुङ पदमुक्त भएपछि गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । यससँगै मुख्यमन्त्री नेपालीले नयाँ मुख्य न्यायाधीवक्ता नियुक्त गर्नेछन् ।
मुख्य न्यायाधीवक्ता सरकारको कानूनी सल्लाहकारको रूपमा रहने भएकाले सरकार परिवर्तनसँगै मुख्य न्यायाधीवक्ताले राजीनामा दिने प्रचलन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।