काठमाडौं – प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट गण्डकी प्रदेश सरकारमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तुरुन्तै फोन गरेका छन् ।
गुरुङले मुख्यमन्त्री पोखरेललाई फोन गरेर बधाई दिएका छन् ।
प्रदेशसभामा विश्वासको मत नपाएर पदमुक्त भएका गुरुङले व्यक्तिगत र नेकपा एमालेको तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
प्रदेश सभामा विश्वासको मत गुमाउँदै गुरुङ मुख्यमन्त्रीबाट बिहीबार स्वतः पदमुक्त भएका हुन् ।
कांग्रेस संसदीय दलका नेता पोखरेल संविधानको धारा १६८(५) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट शनिबार नियुक्त भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।