काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद धरापमा परेको छ । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज पनि केही सांसद्ले धारणा राख्ने छन् । सांसदले राखेका प्रश्नको जवाफ मुख्यमन्त्री गुरुङले दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।
गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । प्रदेशमा सरकार बनाउन ३१ मत आवश्यक छ । अहिले कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका दुई सांसद छन् ।
राष्ट्रिय जनमोर्चाका तीन सांसदले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने विपक्षी दलहरुले बताएका छन् । जसका कारण गुरुङलाई आफ्नो पक्षमा विश्वासको मत प्राप्त गर्न कठिनाइ उत्पन्न हुने भएको छ ।
एमालेभित्रको विवादको पहिलो सिकार गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ हुने भएका छन् ।
सदनभित्रको समिकरणमा अल्पमतमा परेका मुख्यमन्त्री गुरुङले मतदान अगाडि नै राजीनामा दिने तयारी गरेको स्रोतले बतायो ।
यससँगै एमालेभित्रको असन्तुष्टि र माओवादी ओलीसँग अलग भएपछि सत्ताच्यूत हुने पहिलो प्रादेशिक सरकार गण्डकी सरकार बन्ने भएको छ ।
सम्भवतः बुधबार गण्डकी प्रदेशले कांग्रेसबाट मुख्यमन्त्री पाउने भएको छ । नयाँ मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपाली प्रस्तावित छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।