आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गण्डकीमा फेरि जालझेल : विश्वास गुमाएका पृथ्वीसुब्बा गुरुङले गरे अर्काे दाबी

गण्डकीमा फेरि जालझेल : विश्वास गुमाएका पृथ्वीसुब्बा गुरुङले गरे अर्काे दाबी

  • मिडिया डबली
  • शनिवार, जेठ २९ २०७८

  • 6.5K
    SHARES

  • गण्डकीमा फेरि जालझेल : विश्वास गुमाएका पृथ्वीसुब्बा गुरुङले गरे अर्काे दाबी

    काठमाडौं – गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बहुमत ३१ सांसदलाई सशरीर प्रदेश प्रमुखसामु उभ्याएर नयाँ मुख्यमन्त्रीको दाबी पेश गरेपनि जालझेल सुरू भएको छ ।

    कांग्रेस नेता नेपालीले शुक्रबारै ३१ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । कूल ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसद भए पुग्छ ।

    कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले ३१ सांसदको समर्थन जुटाइसक्दा समेत नयाँ मुख्यमन्त्री बन्न नदिन र प्रदेशसभा विघटन गर्न विश्वासको मत गुमाएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश सभामा बिहीबार भएको मतदानमा नेकपा एमालेका २७ सांसदले मात्रै गुरुङको पक्षमा मतदान गरेका थिए । तर अहिले गुरुङले बहुमत सांसद रहेको भन्दै झूटा दाबी पेश गरेका छन् ।

    मुख्यमन्त्री गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थन पत्र लिएर दाबी गरेको जनाइएको छ ।

    जसपाको केन्द्रमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आधिकारिकता विवाद रहेका बेला गुरुङले त्यसमा खेलेका छन् । राजमोका कृष्ण थापालाई सर्वोच्च अदालतमा प्रदेश सभा सदस्यमा पुनर्बहाली गरेपछि शुक्रबार पुनः पदमुक्त गरिएको थियो ।

    गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेललाई हालै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेर गण्डकी प्रदेश पठाएका थिए । उनले केन्द्रमा जस्तै जालझेल गर्ने देखेपछि विपक्षी गठबन्धनले छलफल अगाडि बढाएको छ ।

    कांग्रेस सांसद बिन्दु थापाका अनुसार सरकार गठनका लागि दिइएको समय दिउँसो ३ बजे सकिएपनि नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदहरू सामूहिक छलफलमा जुटेका छन् । 

    जेठ २७ गते प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि नयाँ मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख पौडेलले शनिबार दिउँसो ३ बजेसम्मको समय दिएकी हुन् । 

    विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बहुमत सांसदको हस्ताक्षर र सशरीर उपस्थित भएर शुक्रवार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १३ २०७८१०:३१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend