आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेले फेरि गर्‍यो संसदमा बबन्डर !

एमालेले फेरि गर्‍यो संसदमा बबन्डर !

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 5.8K
    SHARES

  • एमालेले फेरि गर्‍यो संसदमा बबन्डर !

    काठमाडौं – पार्टीको मुख्यमन्त्री बनाउने चाहना पूरा नभएपछि कर्णाली प्रदेशमा नेकपा एमालेले दिनदिनै बबन्डर गरिरहेको छ ।

    कहिले केही बहाना त कहिले केही बहानामा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । शुक्रबार समेत एमालेले बैठक अवरुद्ध गरेको छ ।

    आर्थिक वर्ष २०७८/८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै एमालेले कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध गरेको हो ।

    एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले आर्थिक विनियोजन विधेयकमा हस्ताक्षर हुनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरिएको बताए । ‘विधिवत रूपमा हस्ताक्षर नभएको यो विधेयक कसले ल्याएको हो,’ शाहले भने, ‘मन्त्रीको हस्ताक्षर नभएको दस्तावेजमा छलफल हुनै सक्दैन ।’

    प्रदेश सभाका सभामुख राजबहादुर शाहीले मूल दस्तावेजमा मन्त्रीको हस्ताक्षर भएका कारणले छलफलमा सहभागी बन्न आग्रह गरेपनि एमालेले विरोध रोकेन । 

    एमाले संसदीय दलका नेता यामलाल कँडेलले सांसदलाई प्राप्त दस्तावेजमा मन्त्रीहरूको हस्ताक्षर नभएको दाबी गर्दै सच्याउन माग गरेका थिए । यसअघि एमालेले फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०६:०८:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend